एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १९ : सरकारले समस्याग्रस्त सहकारीहरूमा फसेका साना बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ।

शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साना बचतकर्ताको बचत सुरक्षित गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण अन्तर्गत कोष स्थापना गरिने घोषणा गरे।सहकारी प्रणालीलाई प्रभावकारी बनाउन सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति ल्याइने र सहकारी ऋण असुलीका लागि विशेष न्यायाधीकरण स्थापना गरिने पनि उनले बताए।

सरकारले सहकारी क्षेत्रको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न विद्युतीय सूचना प्रणालीमार्फत सहकारी तथ्याङ्क व्यवस्थापन प्रणाली विकास गरिने उल्लेख गरेको छ।