एसपी रिपोर्टर
काठमाणडौँ, बैशाख १८ : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पेटको समस्या भएपछि अस्पताल भर्ना भएकी छन्। केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी ग्राण्डी अस्पतालमा उपचाररत थिइन्।
बुधबार जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रमको तयारी भइरहँदा समेत उनी अस्पतालमै थिइन्।पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि मात्र उनी अस्पतालबाट कार्यक्रममा सहभागी हुन आएकी थिइन्। तर, राति पुनः पेट दुखेपछि बिहीबार बिहान उनलाई फेरि अस्पताल भर्ना गरिएको पार्टीका महासचिव गंगाराम चौधरीले जानकारी दिए।श्रेष्ठले स्वास्थ्य अवस्थामा सुधार नहुँदा पार्टीको व्यस्त कार्यक्रमबीच पर्याप्त आराम नपाएको भन्दै अस्वस्थ भएपछि अस्पताल भर्ना भएको बताएकी छन्।


