एसपी रिपोर्टर
काठमाणडौं, बैशाख १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा ‘माउन्ट एभरेस्ट’ नभएको दाबी गरेका छन्। बिहीबारदेखि विराटनगरमा सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले हिमालको चर्चा गर्दै सगरमाथाको नाममा ‘एभरेस्ट’ प्रयोग गर्नु गलत रहेको बताएका हुन्।

“माउन्ट एभरेस्ट भनिएको नाम एक जना ब्रिटिश नागरिक जर्ज एभरेस्टको नामबाट राखिएको हो। तर उनले सगरमाथा होइन, ल्होत्सेलाई अग्लो भनेर उल्लेख गरेका थिए,” प्रधानमन्त्री ओलीले भने, “उनले सगरमाथा चढेका पनि थिएनन्। त्यसैले सगरमाथासँग एभरेस्टको कुनै सम्बन्ध छैन। एभरेस्ट भनिएको नाम नक्कली हो।”प्रधानमन्त्री ओलीले सोलुखुम्बुमा अवस्थित विश्वको सर्वोच्च शिखरलाई नेपाली नाम ‘सगरमाथा’ नै प्रयोग गर्नुपर्नेमा जोड दिए।