एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १८ : जनकपुरको रामानन्द चोकमा २०६९ साल वैशाख १८ गते भएको बम विस्फोट घटनालाई आज १३ वर्ष पूरा भएको छ।
मिथिला राज्यको माग गर्दै भइरहेको शान्तिपूर्ण धर्नामा गरिएको विस्फोटमा पाँच जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए।घटनामा कलाकार रञ्जु झासहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास र सुरेश उपाध्यायको ज्यान गएको थियो। विस्फोटका योजनाकार मानिएका पूर्वसांसद संजयकुमार साहसहित आधा दर्जनभन्दा बढी अभियुक्तहरूलाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ।१३औं बलिदानी दिवसका अवसरमा मिथिला राज्य संघर्ष समितिले शहीदको सपना अझै अधुरो रहेको बताउँदै मिथिला र मैथिलीको पहिचानसहितको राज्य स्थापनाको माग दोहोर्याएको छ।


