एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १७ : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न अर्को पत्र पठाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, चौधरीलाई थुनामुक्त गर्न नयाँ पत्र पठाइएको हो। यसअघि पक्राउका लागि पठाइएको पत्र आधिकारिक नभएको र त्रुटिपूर्ण रहेको भन्दै त्यसको कार्यान्वयन नगर्न कारागार प्रशासन र प्रहरीलाई निर्देशन दिइएको उनले जानकारी दिए।सर्वोच्चले आन्तरिक छानबिनपछि उक्त निर्णय लिएको हो। नयाँ पत्रका आधारमा चौधरीको रिहा प्रक्रिया अघि बढाइनेछ।
सभार अनलाइन खबर


