एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १७ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारीका लागि डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन्।
विष्टलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। हाल उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ।विष्टको नामबाट पठाइएको पत्र कानुनसम्मत नभएको र प्रक्रियागत त्रुटि देखिएको भन्दै उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ। उक्त पत्र शंकास्पद भएको भन्दै सर्वोच्च अदालतले नयाँ पत्र जारी गर्ने तयारी गरेको छ।
डिल्लीबजार कारागारका जेलर पूर्णबहादुर खत्रीका अनुसार नयाँ पत्र प्राप्त हुनासाथ रेशम चौधरीलाई थुनामुक्त गरिनेछ।


