एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १७ : नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको जनाएको छ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारबाट अलग हुने प्रक्रिया अघि बढाइएको जानकारी दिएकी हुन्। हाल नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको रूपमा सरकारमा सहभागी छन्।

श्रेष्ठले पार्टीको निर्णय चाँडै औपचारिक रूपमा सार्वजनिक गरिने बताएकी छन्।