एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १७ : शिक्षक नेताहरू सरकारसँग वार्ता गर्न सिंहदरबार पुगेका छन्। वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु हुने जनाइएको छ।
हिजो रातिको वार्ता सकारात्मक भएपछि आजको छलफलबाट सहमति हुने आशा गरिएको छ। शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदे मागमा सहमति जुटाउने उद्देश्यले वार्ता अघि बढाइएको महासंघका नेताहरूले बताएका छन्।शिक्षकहरूले आन्दोलित हुँदै २० चैतदेखि काठमाडौंमा धर्ना र प्रदर्शन जारी राखिरहेका छन्।


