एसपी रिपोर्टर
काठमाणडौं, बैशाख १६
: आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानमा नेकपा एमालेले पार्टी कार्यालय सञ्चालन गरेको विषयमा प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले भने, “सामाजिक कार्यका लागि स्थापना गरिएको तुलसीलाल स्मृति प्रतिष्ठानमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी नेकपा एमालेको केन्द्रीय कार्यालय सञ्चालन भइरहेको छ।”उनले थप प्रश्न गर्दै सोधे, “तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था?” उनले प्रतिष्ठानको नाममा नेताहरूले सरकारी बजेटको दुरुपयोग गर्दै आएको आरोप समेत लगाए।