एसपी रिपोर्टर
काठमाणडौं, बैशाख १६
: भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। मंगलबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभाले त्यसलाई अनुमोदन गरेको हो।

उक्त विधेयक अघिल्लो सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतद्वारा २०८० असोज १८ मा प्रतिनिधिसभामा दर्ता गरिएको थियो। त्यसपछि २०८० चैत १८ मा दफावार छलफलका लागि अर्थ समितिमा पठाइएको विधेयक २०८१ वैशाख १४ मा समितिबाट पारित भएर पुनः सभामा प्रस्तुत गरिएको थियो।अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाबाट पनि पारित भएपछि प्रतिनिधिसभामार्फत सभामुख हुँदै राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपतिको प्रमाणीकरणपश्चात् विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।