एसपी रिपोर्टर
महोत्तरी, बैशाख १६ : मनरा शिसवा नगरपालिका–१, ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
स्थानीय विकेश सिंहका १० वर्षीय छोरा शुभम कुमार सिंह र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, पथरघाटा लक्ष्मीपट्टी गाउँ निवासी रूपेश सिंहका ९ वर्षीय छोरा आयुष कुमार सिंहको सोमबार राति मृत्यु भएको हो। प्रहरीका अनुसार, पोखरीमा डुबेर अशक्त भएका उनीहरूको उपचारका लागि मनरा नगर अस्पताल लगिएको थियो तर उपचारका क्रममा दुवैको ज्यान गएको हो।त्यसैगरी, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, इमिलिया हेल्थपोष्ट अगाडि रहेको चौरमा ७१ वर्षीय जितबहादुर पौडेल क्षेत्री मृत अवस्थामा फेला परेका छन्। उनी सोही वडाको डुमरा बसोबास गर्ने व्यक्ति हुन्।
दुवै घटनासम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।





