एसपी रिपोर्टर
काठमाणडौँ, बैशाख १६ : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार, राष्ट्रपति पौडेलले उक्त दिन दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले राष्ट्रपति सम्बोधनको जानकारी गराएका हुन्।मन्त्रिपरिषद् बैठकले केही मन्त्री तथा सचिवहरूको विदेश भ्रमण स्वीकृत गरेको पनि उनले जानकारी दिए। त्यस्तै, बैठकमा हाल जारी शिक्षक आन्दोलनका विषयमा सामान्य छलफल भएको र शिक्षकहरूको मागबारे निरन्तर संवाद भइरहेको मन्त्री गुरुङले बताए। उनका अनुसार, आगामी बुधबारसम्म आन्दोलनको समाधान निकाल्ने प्रयास भइरहेको छ।


