एसपी रिपोर्टर
जनकपुरधाम,वैशाख १४
: सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २४ बढी यात्रु घाइते भएका छन्।

मृतकहरूमा सप्तीकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती र एक अज्ञात महिला रहेका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आइतबार मध्याह्न करिब १२ बजेतिर कञ्चनरुप नगरपालिका–१०, बदगामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।डिएसपी काफ्लेका अनुसार उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको विराटनगरस्थित मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।बसमा ३५ जना सवार रहेका थिए। दुर्घटनामा गम्भीर, मध्यम र सामान्य गरी करिब दुई दर्जन यात्रु घाइते भएका छन् र उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

बस चालक झापा मेचिनगर नगरपालिका–७ का ४७ वर्षीय अमृत दर्जीलाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।