एसपी रिपोर्टर
काठमाणडौँ,वैशाख १४
: सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सितामढी थानाका ४० वर्षीय शम्भुकुमार शाह रहेका छन्।

आइतबार बिहान प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले उनलाई मलंगवा नगरपालिका–६ बाट पक्राउ गरेको हो। भारतीय नम्बर प्लेट रहेको मोटरसाइकलमा उनी नेपालतर्फ आइरहेका बेला प्रहरीले रोकी जाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको थियो।उनको साथबाट ३२ लाख ३५ हजार नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।