एसपी रिपोर्टर
बारा,वैशाख १४ : आदर्शकोतवाल गाउँपालिका–८, बोहा टोल निवासी ४५ वर्षीय चनर मुखियाको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ।
आफ्नै खेतमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका मुखियाको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो।यस घटनासम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।


