एसपी रिपोर्टर
काठमाणडौं , वैशाख १४ : डोल्पा जिल्लामा आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको छ।यसअघि गोरखा भूकम्प गएको १० वर्ष पूरा भएको दिन अर्थात् वैशाख १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।


