एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १३
: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार शिक्षकहरूको माग सम्बोधन गर्न तयार नरहेको आरोप लगाएका छन्।

प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा आइतबार सम्बोधन गर्दै प्रचण्डले सरकारले लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको बताए।उनले भने, “शिक्षकहरूसँग भएका सहमति अनुसार ऐन जारी गर्नुपर्छ। त्यसका लागि छोटो बाटो अपनाउनुपर्छ। शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन पनि सरकारले काम गर्नुपर्छ। अदालतले आदेश जारी गरिसकेको अवस्थामा पनि सरकार गम्भीर देखिँदैन।”

प्रचण्डले शिक्षकहरूको माग सम्बोधनका लागि आफूहरू सडक, सदन र मोर्चा तीनै माध्यमबाट संघर्ष गर्न तयार हुनुपर्ने बताए।