एसपी रिपोर्टर
रौतहट, वैशाख १३ : जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका युनिटहरूले चेकजाँचको क्रममा लाखौँ मूल्य बराबरको भन्सार छली सामानसहित तीन थान मोटरसाइकल र चार थान साइकल बरामद गरेका छन्।
सीमावर्ती भारतीय बजारबाट खरिद गरी भित्र्याइँदै गरेको तीन लाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्सलगायतका सामान गस्तीमा खटिएको टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिए।बरामद गरिएका सामान र सवारी साधनहरू शुक्रबार आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय, गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।


