एसपी रिपोर्टर
काठमाणडौं, वैशाख १३
: भारतको काश्मीरस्थित पाहलगाममा भएको आतङ्ककारी हमलामा परी नेपाली युवा सुदीप न्यौपानेको हत्या भएको घटनाको विरोधमा आज काठमाडौँमा प्रदर्शन गरिएको छ।

बुटवल उपमहानगरपालिका–१४ निवासी २७ वर्षीय सुदीप न्यौपाने आतङ्ककारी हमलामा परी ज्यान गुमाएका थिए। उक्त घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै काठमाडौँस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो।प्रदर्शनमा, हमलापछि पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिको पनि विरोध गरिएको छ।