एसपी रिपोर्टर
काठमाणडौं, वैशाख १३
: जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आगामी वैशाख १७ गते पार्टी एकताको घोषणा गरिने भएको छ। दुवै पार्टी अहिले व्यापक तयारीमा जुटेका छन्। एकीकरणका विषयमा थप छलफल गर्न जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

बैठक आगामी मंगलबार बेलुका ६ बजे पार्टी कार्यालय, मध्यवानेश्वरमा बस्नेछ। बैठकमा सहभागी हुन नेताहरूलाई आफ्नो नागरिकता प्रमाणपत्र र मतदाता परिचयपत्र लिएर उपस्थित हुन आग्रह गरिएको छ।

पार्टी एकताको औपचारिक कार्यक्रम बुधबार हुने छ। उक्त कार्यक्रममा सबै केन्द्रीय सदस्यहरू, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूलाई समेत उपस्थितिका लागि आमन्त्रण गरिएको छ।