एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १२ : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेका छन्।
गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनमा रहेका शिक्षकहरूप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री पन्तले उनीहरूलाई संवादका लागि बोलाएका हुन्।मन्त्री पन्तले विगतमा जस्तै निरन्तर संवाद तथा छलफलमार्फत समस्या समाधान खोज्न आग्रह गर्दै यथासक्य चाँडो वार्तामा सहभागी हुन शिक्षकहरूलाई अनुरोध गरेका छन्।

शिक्षामन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले पनि संयुक्त रूपमा शिक्षकहरूलाई वार्तामा सहभागी भई समाधानतर्फ अघि बढ्न आग्रह गरेको छ।


