एसपी रिपोर्टर
काठमाणडौं, वैशाख १२ : गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पको १० वर्ष पूरा भएको दिनमै सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ।
शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोकको फुल्पिङकोट क्षेत्र केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा करिब ९ हजार जनाको ज्यान गएको थियो। तीमध्ये सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित जिल्ला थियो।
आजको भूकम्पको धक्का सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा पनि महसुस गरिएको भए पनि यसले कुनै मानवीय वा भौतिक क्षति भने पुर्याएको छैन।


