एसपी रिपोर्टर
काठमाणडौं, वैशाख ११ : जनता समाजवादी पार्टी (जसपा) नेपालको सिरहा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। बुधबार रातिसम्म सहमतिको प्रयास चले पनि सफल नभएपछि बिहीबार बिहानदेखि मतदान प्रक्रिया थालिएको मतदान अधिकृत शत्रुधन यादवले जानकारी दिए।
जसपाको सिरहा जिल्ला अधिवेशन वैशाख ८ गतेदेखि सुरु भएको हो। अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्ष पदका लागि उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेका छन्।अध्यक्ष पदका लागि रामचरित्र महतो, अशोक कुमार यादव र राम दयाल यादवले दाबी प्रस्तुत गरेका छन्। उपाध्यक्ष पदमा सोभित कुमार पासवान, राजेन्द्रप्रसाद साह, योगानन्द यादव, राकेश कुमार गुप्ता, रमेश कुमार यादव, लालबहादुर साह र अशोक कुमार मण्डल उम्मेदवार छन्।सचिव पदका लागि बिन्द कुमार मण्डल र हरेराम यादवबीच प्रतिस्पर्धा हुँदैछ भने कोषाध्यक्ष पदमा कृष्णाकुमारी यादव र लक्ष्मी कुमारी श्रेष्ठको उम्मेदवारी परेको छ।त्यस्तै, उपसचिव पदमा मनिक लाल यादव, इन्दलकुमार मण्डल, हरिनारायण यादव, दिनेश कुमार महतो, विजय कुमार यादव र प्रभात कुमार सिंह प्रतिस्पर्धामा छन्।
अधिवेशनमा कुल २७४ जना मतदाताले मतदान गर्नेछन्।


