एसपी रिपोर्टर
काठमाणडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। सो दिनदेखि बजेट अधिवेशन सुरु हुँदैछ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अधिवेशनको पहिलो दिन बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।“शुक्रबारको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ,” बर्तौलाले जानकारी दिए, “उहाँले पछिल्ला समसामयिक विषयहरूमा आफ्नो धारणा प्रस्तुत गर्नुहुनेछ।”
प्रधानमन्त्रीको सम्बोधनले चालु राजनीतिक अवस्था र आगामी बजेटसँग सम्बन्धित प्राथमिकतामाथि समेत प्रकाश पार्ने अपेक्षा गरिएको छ।


