एसपी रिपोर्टर
काठमाणडौं, वैशाख ११
: नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते पार्टी एकताको औपचारिक घोषणा गरिने भएको छ। जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले एकता घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

सचिवालयद्वारा जारी भनाइमा उल्लेख छ, “नेपालको राजनीतिक इतिहासमै अभूतपूर्व हुने गरी दुई पार्टीबीच दूरगामी प्रभाव पार्ने ऐतिहासिक एकता हुन लागेको छ।”

पछिल्ला केही महिनायता दुवै पार्टीका शीर्ष नेताहरूबीच निरन्तर छलफल र वार्ता हुँदै आएको थियो। एकता घोषणा कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाइएको जनाइएको छ।