एसपी रिपोर्टर
रौतहट , वैशाख ११ :
जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका युनिटहरूले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत एकै दिनमा १५ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार, बुधबार रौतहट जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।जिल्ला अदालत रौतहटबाट विभिन्न अपराधमा दोषी ठहर भई दण्ड–सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयन अन्तर्गत पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका प्रतिवादीहरू:

  • कुटपिट मुद्दा: विकास कुमार साह कलवार, मुन्ना उर्फ सरोज साह कलवार, शोभा देवी, लालवति देवी
  • नागरिकता सम्बन्धी मुद्दा: गेनालाल साह
  • किर्ते तथा जालसाजी: असर्फी प्रसाद साह, सरस्वती देवी
  • बन पैदावार हानी–नोक्सानी मुद्दा: सिताराम राय
  • बहुविवाह: गणेश खड्का
  • अन्य जालसाजी मुद्दा: रामकिशोर मुखिया
  • बनसम्बन्धी मुद्दा: कृष्ण कुमार साह
  • अभद्र व्यवहार: उमाकान्त राय यादव, देवकुमारी यादवनी, धिरज पटेल, रिना देवी
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार, पक्राउ परेका प्रतिवादीहरूबाट हालसम्म जम्मा ५ वर्ष ५ महिना १५ दिन कैद र रु. १ लाख २० हजार २९३ जरिवाना असुल गर्नुपर्ने भएकाले उनीहरूलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको हो।प्रहरीका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत १ हजारभन्दा बढी फरार प्रतिवादी पक्राउ गरिएका छन्।