एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १० : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरू सार्वजनिक गरेका छन्।
सोमवार सञ्चार मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत मन्त्री गुरुङले मन्त्रिपरिषद्को निर्णय सूची सार्वजनिक गरेका हुन्। उनका अनुसार बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको छ।त्यसैगरी, बैठकले वैदेशिक सहायता परिचालन नीति स्वीकृत गर्नुका साथै सार्वजनिक खरिद नियमावली संशोधनसमेत पारित गरेको छ।


