एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १० : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ।
यसअघि वैशाख ११ गतेदेखि परीक्षा सुरु हुने भनिए पनि मंगलबार बोर्डले पूर्वनिर्धारित तालिका अनुसार परीक्षा नहुने निर्णय गरेको थियो।बुधबार सार्वजनिक गरिएको नयाँ तालिका अनुसार अब परीक्षा वैशाख २१ गतेदेखि सुरु हुनेछ।बोर्डले परीक्षार्थीहरूलाई संशोधित तालिका अनुसार तयारी गर्न आग्रह गरेको छ।


