एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १० : बाराको पथलैयामा नेपाल प्रहरीले बसको क्याबिनबाट अवैध चाँदी बरामद गरेको छ। मंगलबार साँझ ५:३० बजे प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा चेकजाँच गर्ने क्रममा वीरगंजबाट तुलसीपुर, दाङ जाँदै गरेको बा प्र ३–२५६ नम्बरको यात्रुबाहक बसमा चाँदी फेला पारेको हो।
चेकजाँचका क्रममा बसको क्याबिनभित्र सिटमुनि टेपले बेरिएको कार्टुन शंकास्पद देखिएपछि खोल्दा त्यसमा रेडिमेट चाँदीका गहना जस्तो देखिने सामग्री लुकाईछिपाई राखिएको फेला परेको प्रहरीले जनाएको छ।अन्दाजी दश लाख अस्सी हजार रुपैयाँ बराबरको झण्डै ६ किलो चाँदी बरामद भएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


