एसपी रिपोर्टर
काठमाणडौं , वैशाख ९
: पर्सामा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका–२१ मा ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा परवानीपुरका प्रदीप गुप्ताको घटनास्थलमै ज्यान गएको पर्सा प्रहरीले जनाएको छ।दुर्घटनामा सोही ट्रकले मधेस प्रदेशको ०३–००१ द ००५१ नम्बरको ट्रयाक्टरलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रकलाई नियन्त्रणमा लिई परवानीपुर प्रहरी चौकीमा राखिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ।