एसपी रिपोर्टर
काठमाणडौं , वैशाख ९ : बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सार्वजनिक खरिद ऐनको उल्लङ्घन गर्दै ठेक्का प्रक्रिया विज्ञापनबिनै अघि बढाएर आर्थिक अनियमितता गरिएको ठहर गर्दै उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूमाथि तीन लाख ५२ हजार ५६० रुपैयाँ बिगो दाबी गरिएको छ।२०७७/७८ मा नगरपालिकाले सञ्चालन गरेको दुई ठेक्काका बोलपत्र आह्वान सूचना राष्ट्रिय पत्रिकामा प्रकाशन गर्नुपर्नेमा प्रभाव दैनिकमा मात्र एक प्रति राखेर अभिलेखका लागि मात्र प्रकासन गरिएको पाइएको आयोगले जनाएको छ। सोही आधारमा केएस मल्टिपर्पोज प्रालिलाई भुक्तानी दिइएको पुष्टि भएको छ।
अख्तियारले उक्त कम्पनीका अध्यक्ष कमलकुमार उपाध्यायविरुद्ध पनि सोही बिगो दाबीसहित आरोपपत्र दायर गरेको जनाएको छ।


