एसपी रिपोर्टर
काठमाणडौं , वैशाख ९
: रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा बेपत्ता भएका तीनै बालकको शव फेला परेको छ।

सोमबार दिउँसो पौडी खेल्ने क्रममा हराएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार बिहान फेला पारेको हो। ती दुवै बालक सोही ठाउँका बासिन्दा हुन्।यसअघि सोमबार नै बेपत्ता भएका अर्का बालक १४ वर्षीय राज यादवको शव घटनास्थलनजिकै फेला परेको थियो।

बालकहरू बेपत्ता भएपछि सोमबार राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण, बाँकेबाट गोताखोर टोली परिचालन गरिएको थियो। खोजी कार्यपछि मंगलबार बिहान बाँकी दुई जनाको शव निकालिएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ।