एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख ८ : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका छन्।
सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता भएका हुन्। तीनै जना सोही स्थानका स्थानीय बासिन्दा हुन्।घटनापछि सशस्त्र प्रहरी बलको तालिम प्राप्त टोली घटनास्थलमा खटिएको र खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।
प्रहरी र स्थानीयको सहकार्यमा बेपत्ता बालकहरूको खोजी कार्य तीव्र पारिएको छ।


