एसपी रिपोर्टर
काठमाणडौं, वैशाख ८
: पर्साको जगरनाथपुर गाउँपालिका–२, पाण्डेपुरस्थित सडकमा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

ग५प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा जिराभवानी गाउँपालिका–२ निवासी ३० वर्षीय बिहारी रामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। गम्भीर घाइते भएका रामलाई उपचारका लागि बाराको एलएस न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।