एसपी रिपोर्टर
काठमाणडौं, वैशाख ८ : काठमाडौंमा भएको शिक्षक आन्दोलनमा सहभागी भई घर फर्कंदै गरेका एक प्रधानाध्यापकको सडक दुर्घटनामा परेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मनाङको नासोङ गाउँपालिका–८ निवासी ४० वर्षीय मन घलेको आइतबार तनहुँको भानु नगरपालिका–१, नेपालटारमा स्कुटर र माइक्रोबस एक आपसमा ठोक्किँदा मृत्यु भएको हो। उनी जनविकास आधारभूत विद्यालय, नासोङका प्रधानाध्यापक थिए।डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत भानु नगरपालिका–१०, कालीमाटीमा बेँसीसहरबाट डुम्रेतर्फ जाँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर र काठमाडौंबाट बेँसीसहरतर्फ गइरहेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका थिए।दुर्घटनामा स्कुटरमा सवार लमजुङको बेँसीसहर नगरपालिका निवासी ३२ वर्षीया अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। प्रधानाध्यापक घलेको भने उपचारका क्रममा एचडीसीएस नमूना सामुदायिक अस्पताल, सुन्दर बजारमा मृत्यु भएको प्रहरीको भनाइ छ।दुर्घटनामा माइक्रोबसमा सवार अन्य १० जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा बेँसीसहर नगरपालिका–५ की १४ वर्षीया पूजा गुरुङ, ओखलढुङ्गाका ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङ दूधपोखरी–५ की २४ वर्षीया युनिशा गुरुङ, बेँसीसहर नगरपालिका–५ की ६७ वर्षीया राजकुमारी गुरुङ, नगरपालिका–३ का ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुङ्गाका ३५ वर्षीय अलिश शाही, सोलुखुम्बुका ३२ वर्षीय कुमार राई, गोरखा बारपाक सुलिकोट–८ का ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुङ्गाका ३५ वर्षीय अधिस राई र गोरखाका अर्का ५१ वर्षीय धनबहादुर गुरुङ रहेका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


