एसपी रिपोर्टर
काठमाणडौं, वैशाख ७
: जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार, ललितपुर प्रहरी परिसरको अनुरोधमा यादवलाई पक्राउ गरिएको हो। ललितपुरमा उनीविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी जाहेरी दर्ता भएको छ।

एसपी खतिवडाका अनुसार, यादवलाई थप अनुसन्धानका लागि ललितपुर पठाइनेछ।