एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ७ : जनकपुरधामस्थित सन्त समाज संघले जानकी नवमीलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्दै सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ।
आइतबार जनकपुरधामको तुलसी स्मारकमा आयोजित पत्रकार सम्मेलनमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको अगुवाइमा सन्त समाजले उक्त माग राखेको हो।महन्थ दासले जानकी माता नेपालकै छोरी भएको स्मरण गराउँदै अहिलेसम्म संघीय सरकारले जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता नदिएकोमा गम्भीर दुःख व्यक्त गरे। “देशको सांस्कृतिक पहिचानसँग जोडिएको यो पर्वलाई अझ सम्मान दिन आवश्यक छ,” उनले भने।उनका अनुसार यस वर्ष पनि वैशाख २३ गते जानकी नवमी जनकपुरधामका विभिन्न मन्दिरहरूमा विशेष श्रद्धा र भव्यताका साथ मनाइनेछ।
पर्वको अवसरमा झाँकी प्रदर्शन, भजन–कीर्तन, प्रवचन तथा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने सन्त समाजले जनाएको छ।


