एसपी रिपोर्टर
काठमाणडौं , वैशाख ७
: सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ।

प्रहरीले केहीबेरअघि सिंहदरबार क्षेत्रबाट अध्यक्ष लिङ्देनसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो।उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको काठमाडौं परिसरका एसपी अपिल राज बोहराले जानकारी दिए।