एसपी रिपोर्टर
मोरङ, वैशाख ७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा पुनः सक्रिय हुन कुनै रोकावट नरहेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन संवैधानिक कानुन र अन्तर्राष्ट्रिय परम्पराले पनि रोक्दैन भन्ने स्पष्ट पारे।शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको त्रिपक्षीय बैठकबारे जानकारी दिँदै उनले बैठक शान्ति प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित भएको बताए।
संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रमुख तीन दलबीच कुनै किसिमको विमति नरहेको पनि अध्यक्ष दाहालले स्पष्ट गरेका छन्।


