एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १ : धनुषा र महोत्तरीका विभिन्न पालिकामा विवादित प्रमुख प्रशासकीय अधिकृतका रूपमा चर्चित संतोष शर्माविरुद्ध धनुषाको धनौजी गाउँपालिकामा आन्दोलन सुरु भएको छ।
पालिका उपाध्यक्ष रामवती मण्डलसहित आठजना कार्यपालिका सदस्यहरूले शर्मालाई हटाउन माग गर्दै सरुवाको लागि पहल गर्न प्रशासनसँग आग्रह गरेका छन्।शर्मामाथि पैसा लिएर मात्र काम गर्ने, अनियमितता गर्ने, र जुनसुकै पालिकामा गए पनि केही महिनामै जनविरोधको सामना गर्नुपर्ने आरोप लाग्दै आएको छ। धनुषाकै औरहीमा केही वर्षअघि उनलाई कालोमोसो समेत दलिएको थियो।उपाध्यक्ष मण्डलका अनुसार पटक–पटक अनियमितताको गुनासो आए पनि शर्मालाई यथावत राख्नुको कुनै औचित्य छैन। सरुवाको माग गर्नेमा रामसोभित मण्डल, उदयकुमार साह, याकुव कबारी, राहुलकुमार महतो, शिवदेव पण्डित, मञ्जु देवी र अनिता महरा छन्।


