एसपी रिपोर्टर
काठमाणडौँ, चैत १२ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनका क्रममा विद्यार्थीहरूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेका थिए। घिसिङमाथिको कारबाहीप्रति चौतर्फी विरोध जारी छ।


