एसपी रिपोर्टर
काठमाणडौं, चैत १ :
अन्तर्राष्ट्रिय आगमन कल बाइपास (VOIP) सञ्चालन गरेको आरोपमा १९ वर्षीय धिरज पटेल पक्राउ परेका छन्। पटेल पर्साको वीरगञ्ज महानगरपालिका–२० निवासी हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले उनलाई फागुन २६ गते वीरगञ्जबाट पक्राउ गरेको हो। उनले वीरगञ्जको लालपर्सा र वीरगञ्ज–१६ स्थित दुई छुट्टाछुट्टै घरबाट इन्टरनेट प्रयोग गरी अवैध रूपमा कल बाइपास गरेको पाइएको छ।

प्रहरीले पटेलविरुद्ध दूरसञ्चार ऐन २०५३ अन्तर्गत मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको छ। साथै, VOIP सञ्चालनमा प्रयोग गरिएका विभिन्न उपकरणहरू पनि बरामद गरिएको छ।