एसपी रिपोर्टर
जनकपुरधाम, चैत १ :
तराई-मधेसमा शुक्रबार होली पर्व मनाइँदैछ। होलीलाई मर्यादित र शान्तिपूर्ण बनाउन मधेस प्रदेशमा १६७ ठाउँमा चेकप्वाइन्ट राखी सवारी चेकजाँच कडा गरिएको छ।

पथलैया ट्राफिक प्रहरी कार्यालयका अनुसार फागुन २८ देखि चैत २ गतेसम्म विशेष सुरक्षा योजना लागू गरिएको छ। मापसे, लापरवाहीपूर्वक सवारीसाधन चलाउने तथा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई नियन्त्रण गर्न ४३२ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ।खासगरी मोटरसाइकलमा तीनजना बस्ने, हेलमेट नलगाउने, सार्वजनिक सवारी लापरवाहीपूर्वक चलाउनेहरूलाई ‘होल्डिङ’ गरेर कारबाही गर्ने रणनीति लिइएको छ।

राजमार्ग र सदरमुकामहरूमा मोबाइल टोली, क्यूआरटी टोली र सरप्राइज चेकिङ सक्रिय रहेको ट्राफिक प्रहरीले जनाएको छ।