एसपी रिपोर्टर
जनकपुरधाम, चैत १ : महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।
सई सिंह वडा नम्बर ४, पिपराढीस्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन्। उनले बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि स्थानीयहरू आक्रोशित हुँदै सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन्।घटनापछि सशस्त्र प्रहरी टोलीले आरोपी सई सिंहलाई नियन्त्रणमा लिएको छ। स्थानीयहरूले पोस्टमा तोडफोडको प्रयास गरेपछि प्रहरी र स्थानीयबासीबीच तनाव सिर्जना भएको छ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय, महोत्तरीले बालिकामाथि दुव्र्यवहार भएको पुष्टि गरेको छ।


