एसपी रिपोर्टर
जनकपुरधाम, चैत १ : जनकपुरधामबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको यात्रुबाहक बस धनुषाधाम नगरपालिकाको मालटोल चोकमा दुर्घटनाग्रस्त हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
ढल्केवर प्रहरीका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार बस बिसौनीमा रोक्ने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ। बसमा करिब ३०–३५ जना यात्रु सवार थिए।घाइतेहरुलाई ६ वटा एम्बुलेन्स तथा प्रहरी भ्यानमार्फत विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
जनकपुर प्रहरीले घाइतेहरुको अवस्थाबारे थप विवरण सङ्कलन गरिरहेको जनाएको छ।


