एसपी रिपोर्टर
काठमाणडौँ ,फाल्गुन २९ : राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ।
बोर्डका अनुसार आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रहरूमा पुगिसकेका छन् भने केही स्थानहरूमा पु¥याउने क्रम जारी छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, “हाम्रो तर्फबाट तयारी पूरा भएको छ। सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रहरूमा पुगिसकेको छ। साथै, विभिन्न जिल्लाहरूमा केन्द्राध्यक्षहरूको अभिमुखीकरण सम्पन्न भएको छ।”पछिल्लो तथ्यांकअनुसार परीक्षामा सहभागी हुने विद्यार्थीहरूको संख्या ५ लाख ८ हजार ३९० रहेको छ। परीक्षाका लागि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका थिए।
परीक्षा नियन्त्रक पौडेलका अनुसार देशभर २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। सुरक्षाको जिम्मा सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूले लिनेछन्।





