एसपी रिपोर्टर
काठमाणडौं,२८ फागुन : सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ।
फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको हो।आयोगका सदस्यहरूमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई रहेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ले बैठकका निर्णयहरू सार्वजनिक गर्दै आयोगले अनुसन्धान गरी सुझावसहित प्रतिवेदन पेश गर्नुपर्ने जानकारी दिएका छन्।





