एसपी रिपोर्टर
बुटवल,२८ फागुन :
रौतहट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामान तथा दुईवटा मोटरसाइकलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

सीमावर्ती भारतीय बजारबाट भित्र्याइएको करिब १ लाख ७५ हजार रुपैयाँ बराबरको मोटर पार्ट्स, कपडा, किराना सामग्री तथा दुई मोटरसाइकल (विआर ३० एक्स २४०७ र विआर ०५ जेड ७२६८) सहित गौर नगरपालिका–४ टीकुलियाका २५ वर्षीय भोला साहलाई पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि मंगलबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।

होलीको अवसर पारेर नेपाली तथा भारतीय तस्करहरूले चोर बाटोमार्फत अवैध सामान नेपाल भित्र्याउने प्रयास गरिरहेको देखिएको प्रहरीले जनाएको छ।