एसपी रिपोर्टर
एसपी रिपोर्टर
बुटवल,२८ फागुन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार रुपन्देहीको ओमसतिया–६ मा रहेको राम जानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गरेका छन्।
शिलान्यास कार्यक्रममा प्रचण्डले यस्ता ताल तथा पार्कहरूको निर्माणले रुपन्देहीको धार्मिक तथा ऐतिहासिक महत्व प्रवर्द्धन गर्दै पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले स्थानीय पर्यटन प्रवर्द्धनका लागि यस्ता संरचनाहरू अन्य ठाउँमा पनि बनाउनुपर्ने भन्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए।प्रचण्डले पार्क तथा धार्मिक स्थलहरूको संरक्षणका लागि सरकारको ध्यान जानुपर्ने भन्दै स्थानीय, प्रदेश, र संघीय तहले अपनत्व लिने गरी विकास निर्माण गर्नुपर्ने बताए।ताल संरक्षण समितिका अध्यक्ष तथा ओमसतिया–६ का वडा अध्यक्ष शिव कुमार धवलले पार्क निर्माणले आन्तरिक पर्यटन भित्र्याउने उद्देश्य रहेको बताए।
यसपछि प्रचण्डले बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योति नगर पहिरो क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ। हाल बुटवलका पहिरो प्रभावित क्षेत्रका स्थानीयवासी समस्यामा परेकाले स्थलगत निरीक्षण गरी समाधानका उपायबारे स्थानीय तहसँग समन्वय गरिनेछ।


