एसपी रिपोर्टर
जनकपुरधाम,२८ फागुन :
१५ दिनेमिथिला माध्यमिकी परिक्रमा आज भारतको अन्तिम विश्रामस्थल विशौल पुग्ने भएको छ। मंगलबार करुणामा रात्री विश्राम गरेका परिक्रमावासीहरू आज बिहानै विशौलतर्फ प्रस्थान गरेका छन्।

नेपालको धनुषा जिल्लाको कचुरीबाट सुरु भएको परिक्रमा यात्राको १४औं दिन करुणा पुगेको टोली आज विशौलमा रात बिताउनेछ।विशौलमा विशेष मेला आयोजना गरिएको छ, जसमा परिक्रमावासीका लागि खानपान र बस्नको व्यवस्था गरिएको छ। यहाँ परिक्रमाका श्रद्धालुहरू धुमधामसँग होली खेल्ने परम्पराछ।भोलि परिक्रमा टोली जनकपुर फर्किनेछ, त्यसपछि पर्सी जनकपुरमा अन्तगृह परिक्रमा र होली पर्वमनाएर यात्रा सम्पन्न हुनेछ।

नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक, र सामाजिक सद्भावको प्रतीक मिथिला माध्यमिकी परिक्रमा धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी कुल १५ विश्रामस्थल रहेको छ। धार्मिक मान्यताअनुसार यस परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मका पाप नष्ट भई मनोकामना पूरा हुनेविश्वास गरिन्छ।